२०८३ साउन १० आइतबार

चीनमा फेरि कोरोनाको अर्को लहर, चौतर्फी फैलदै

ई आर्थिक    मंगलबार, बैशाख ६ २०७९
4.2K
Shares
चीनमा फेरि कोरोनाको अर्को लहर, चौतर्फी फैलदै

ई–आर्थिक, एजेन्सी । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij