२०८३ साउन १० आइतबार

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, दुई नयाँ सञ्चालक चयन

ई आर्थिक    आइतबार, चैत्र २७ २०७८
5.1K
Shares
जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, दुई नयाँ सञ्चालक चयन

ई–आर्थिक, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव, विशिष्ट अतिथी तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरु अतिथीको रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।
उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तिन जनाको उम्मेदवारी रहेको थियो ।

उक्त २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १२६०२६ मत खसेकोमा १३९ मत बदर भएको थियो । गोकर्ण खतिवडाले ६७४४७ मत, अशोक सिटौलाले ५३९०३ मत र ज्ञानबहादुर पौडेल (ज्ञानेन्द्र) ले ४५३७ मत प्राप्त गर्नुभएको थियो । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन हुनुभएको छ ।

नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराउनु भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००/– को ७० प्रतिशतले हुन आउने रकम रु. ४२ करोड ५८ लाख ८० हजार रुपैया मात्र बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने दुई करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैया नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) साधाराण सभाबाट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij