ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरात १२ बजेबाट ग्याँस पेट्रोलसहितको मूल्य बढाएको जानकारी दिएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल ५ रुपैयाँले बढेर प्रतिलिटर १६० रुपैयाँ बनाइएको छ । त्यसैगरी डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ रुपैयाँले बढाइएको निगमले जानकारी दिएको छ ।
नयाँ मूल्य अनुसार डिजल र मट्टितेल अबदेखि प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ । निगमले हवाइ इन्धनको भाउ पनि बढाएको छ । त्यस्तै खाना पकाउने ग्यासको पनि मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएर १६ सय रुपैयाँ पु¥याइएको छ ।
यसअघि साँझ ८ बजे नै इन्धनको भाउ बढेको जानकारी दिइने गर्थ्यो तर यसपटक भने मध्यरातमा मूल्य बढाइएको छ ।
