२०८३ भाद्र ३१ बुधबार

नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकको सम्झौता, डिजिटल इकोसिस्टमको विकासमा काम गर्ने

ई आर्थिक    बिहिबार, चैत्र १० २०७८
4K
Shares
नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकको सम्झौता, डिजिटल इकोसिस्टमको विकासमा काम गर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुशन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.्ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमलप्रसाद अर्याल आइटी प्रमुखले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij