२०८३ साउन ११ सोमबार

सिद्धबाबा सुरुङमार्ग निर्माणको सम्झौता

ई आर्थिक    बिहिबार, चैत्र ३ २०७८
5.3K
Shares
सिद्धबाबा सुरुङमार्ग निर्माणको सम्झौता

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सन्झौता भएको छ । गत बुधबार सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको छ । श्रेष्ठले भने, “कम्पनीले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि निर्माणको काम सुरु हुनेछ ।”

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । सम्झौता भइसकेकाले चाँडै निर्माण कम्पनीका प्रविधिकले डिजाइनको काम थाल्ने निर्देशक श्रेष्ठको भनाइ छ ।

मूल सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणको लागि छनोट भएको हो । सिद्धार्थ राजमार्गमा निर्माण हुने उक्त सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेका थिए। त्यसमा पनि चाइना स्टेटले सबैभन्दा कम कबोल गरेको समाचार दीपेन्द्र थापाले आजको कारोबारमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij