२०८३ साउन १० आइतबार

‘सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छ’

ई आर्थिक    आइतबार, फाल्गुन २२ २०७८
1.7K
Shares
‘सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छ’

ई–आर्थिक, सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भन्नुभयो, “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा कहिल्यै टुट्न दिइने छैन, राज्य सञ्चालनमा निजी क्षेत्रको अहम् भूमिका छ ।”

मन्त्री खाँणले पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा समेत दाउरा बाल्न छाडियो, ग्यास गाउँगाउँमा पुग्यो, यसले पनि पेट्रोलियम पदार्थ आयात बढायो, यसलाई विस्थापित गर्ने भनेकै विद्युतको प्रयोग हो, यसैले विद्युतको ट्रान्समिटर बनाउने गरी एमसीसी सम्झौता भएको हो ।”

उहाँँले एमसिसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसीसीले विकासमा धेरै सहयोग पुर्‍याउनेसमेत दाबी गर्नुभयो । सो अवसरमा मन्त्री खाँणले भैरहवास्थित जिल्ला कारागार अन्यत्र स्थानान्तरण गर्न सरकारले सघाउने पनि बताउनुभयो । उहाँले विद्युतको ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन नकाटिने भन्दै उद्योगीलाई आश्वास्त पार्दै भन्नुभयो, “लाइन काट्न विद्युत प्राधिकरण उद्योगमा गए पनि प्रहरीले सहयोग गर्दैन, समस्या सम्बोधन गर्न सरकार अग्रसर छ, ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन काटिदैन ।”

ट्रङ्कलाइनवापतको विद्युतको बाँकी बक्यौता महसुल करिब रु आठ अर्ब रकम उठ्न बाँकी छ । उक्त रकम नतिर्ने भन्दै उद्योगीहरूले अटेर गरिरहेका छन् भने नेपाल विद्युत प्राधिकरणले रकम तिर्न ताकेता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij