२०८३ साउन १० आइतबार

कालिञ्चोक केवलकारको पूर्वप्रधानमन्त्री ओलीद्वारा औपचारिक उद्घाटन, ४५ करोड लगानीमा निर्माण

ई आर्थिक    शनिबार, फाल्गुन २१ २०७८
9.4K
Shares
कालिञ्चोक केवलकारको पूर्वप्रधानमन्त्री ओलीद्वारा औपचारिक उद्घाटन, ४५ करोड लगानीमा निर्माण

ई–आर्थिक, दोलखा । दोलखा जिल्लाको कालिञ्चोकमा निर्मित कालिञ्चोक केबलकारको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा निर्मित कालिञ्चोक केवलकारको सञ्चालनमा आएको लामो समय पछि पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

शुक्रवार शैलुङ गाउँपालिकाको शैलुङ डाँडामा आयोजित साहित्यिक महोत्सवको उद्घाटन गर्न आउने क्रममा उनले सो केवलकारको पनि उद्घाटन गरेका थिए ।

यो केवलकार २०७५ सालबाट नैं सञ्चालनमा आएको थियो । सो केबलकारको औपचारिक रुपमा उद्घाटन भने नगरिएको कारण शुक्रवार उद्घाटन गरिएको कालिञ्चोक केवलकारका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिए ।

४५ करोड रुपैयाँको लागतमा केवलकारको निर्माण भएको हो । कालिञ्चोकको कुरी बजारबाट कालिञ्चोक भगवती मन्दिरसम्म पुग्नको लागि केबलकार सञ्चालन गरिएको हो ।

कालिञ्चोकबाट रोलवालिङ तथा जुगल हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने तथा सूर्यास्तको मनोरम दृष्य देखिने भएकोले आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्ने गरेको छ । साथै हिउँपर्ने सिजनमा हिउँ खेल्न आउनेहरुका लागि कालिञ्चोक आकर्षक पर्यटकिय गन्तव्यको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij