२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

ई आर्थिक    शुक्रबार, पौस २३ २०७८
7.1K
Shares
महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

ई–आर्थिक, काठमाडौं । “सबल बंैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले बाँसगढी नगरपालिकालाई बर्दिया स्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका हेतु दश थान ‘ट्री गार्ड’ सहयोग स्वरुप प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप वेस्ड ट्राभल कार्ड, ई कमर्स कार्ड, र डलर कार्ड जारी गरिसकेको छ । महालक्ष्मी विकास बैंक समग्रमा चिप वेस्ड ट्राभल कार्ड, ई कमर्स कार्ड, र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij