२०८३ भाद्र २९ सोमबार

राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी

ई आर्थिक    आइतबार, मंसिर १२ २०७८
7.5K
Shares
राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतना सम्बन्धी ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम देशव्यापी बन्दै गएको छ । युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । यसै सन्दर्भमा गएको हप्ता यो कार्यक्रम बर्दिया जिल्लाको राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न भएको छ ।

मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो ।

कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिनु भएको कार्यक्रममा अतिथी गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संचालन महालक्ष्मी लाईफका गुलरिया प्रमुख खुमेश सुवेदीले गर्नु भएको थियो ।

त्यसैगरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भयो ।

क्याम्पस उप–प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिनु भयो ।

कार्यक्रमको महत्व बारेमा क्याम्पस उप–प्रमुख अरुण कुमार चन्द, अभियानका केन्द्रिय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सिता चौधरीले प्रकाश पार्नु भयो। कार्यक्रमको संचालन महालक्ष्मी लाईफको राजापुर कार्यालय प्रमुख सन्नी कडायतले गर्नु भएको थियो।

वीरगञ्जको बी पी सी कलेजमा पनि मंसिर ८ गते बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको छ। कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिनु भएको कार्यक्रममा रंजित पटेल र रोहित गुप्ताले कार्यक्रमको महत्वमा प्रकाश पार्नु भयो।

त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भयो ।

एमविविएस, विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रिय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पार्नु भयो ।

महालक्ष्मी लाईफका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भएको कार्यक्रमको संचालन सदिक्षा गुरुङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij