२०८३ साउन १४ बिहिबार

बैंक तथा बिमा विज्ञ रमेशकुमार भट्टराई सम्मानित

ई आर्थिक    आइतबार, कार्तिक १४ २०७८
11.3K
Shares
बैंक तथा बिमा विज्ञ रमेशकुमार भट्टराई सम्मानित

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मानित भएका छन् । विरगञ्जको रेडियो नारायणीले विशेष कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई सम्मान गरेको हो ।

तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बिमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएमका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको उक्त एफएमले जानकारी दिएको छ ।

बिरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरेका थिए ।

सामाजिक क्षेत्रमा समेत सक्रिय योगदान पु¥याउँदै आएका भट्टराई बैंक वित्तीय संस्था बिमा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका छन् । बैंक विमाका अतिरिक्त विभिन्न आर्थिक संघ/संस्थामा आबद्ध उनी बैंक तथा वित्तीय क्षेत्रकै विज्ञका रुपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij