२०८३ भाद्र २६ शुक्रबार

रोशी गाउँपालिका र विन्धवासिनी साकोस बीच कृषि ऋणमा व्याज अनुदान सम्झौता सम्पन्न

ई आर्थिक    बिहिबार, असोज ७ २०७८
4.7K
Shares
रोशी गाउँपालिका र विन्धवासिनी साकोस बीच कृषि ऋणमा व्याज अनुदान सम्झौता सम्पन्न

ई–आर्थिक, काठमाडौं । काठमाडौ एवं काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र भई सदस्य, समुह र समुदायमा आधारित एशियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रोशी गाउँपालिकामा व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रम विस्तार र प्रवद्र्धन गर्न कृषि तथा पशुपालन ऋणमा व्याज अनुदान सहुलियत प्रदान गर्न गत आर्थिक वर्ष देखि रोशी गाउँपालिकासंग विन्धवासिनी साकोसले संझौता गरी कार्य प्रारम्भ गरेको थियो ।

रोशी गाउँपालिका र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबीच ०७७/७८ मा गरिएको संझौता अवधि गत असारमा समाप्त भएको र पुनः सम्झौता भए पश्चात आ.व. २०७८/७९ मा पनि कृषि ऋणमा व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको छ । यस सझौता पश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत व्याज अनुदान र बिन्धवासिनी साकोसबाट १ प्रतिशत व्याज छुट गरी ६ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।

रोशी गाउँपालिका अध्यक्ष डि.वि लामा र विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापाले हस्ताक्षर गर्नु भएको सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, योजना शाखा प्रमुख राम लामा, बिन्धवासिनी साकोसको संचालक भिम बहादुर के.सी., भकुण्डे सेवा कार्यालय व्यवस्थापन उप–समितिका सदस्य राममणि हुमागाई र प्रमुख कार्यकारी अधिकृत के.वि लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij