२०८३ साउन ११ सोमबार

महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालि बिच सम्झौता

ई आर्थिक    शनिबार, साउन १६ २०७८
5.6K
Shares
महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालि बिच सम्झौता

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्य वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग एक सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुने बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij