२०८३ भाद्र २८ आइतबार

अब हामी मिल्ने !

ई आर्थिक    बिहिबार, साउन ७ २०७८
9.7K
Shares
अब हामी मिल्ने !

राजेन्द्र कुमार राई

मिल्ने किन ? किनकि, हामी नमिल्दा कांग्रेसले खान्छ, हामीले खान पाउँदैनौं ! एकताको लागि यो भन्दा साझा सर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र ? झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा !

तर घोर एकताप्रेमी मित्रहरुले कम्तीमा यति कुरा चाहिँ बुझ्न जरुरी छ, झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी वा त्यस्ता उपायको खोजी नगरी, काले काले मिलेर खाऔ भाले भनेर गरिने एकता किमार्थ दिगो हुन सम्भव छैन, नैतिक, न्यायोचित त परकै कुरा भयो, यसको मतलब फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ !

नजिकैको कुरा गर्ने हो भने, ओली समुहले सर्वोच्चको अदालतको पछिल्लो फैसला गलत ठहर गरेको छ र सो फैसलाको देसब्यापी भण्डाफोर गर्ने निर्णय गरेका छन् तर माधव नेपाल समूहको निष्कर्ष अनुसार सर्वोच्च अदालतको फैसला सोह्रै आना सही छ !

त्यसैगरी, संविधान र संसद बचाउन भनेर माधव पक्षले गरेका जम्मै क्रियाहरू गद्दारी हो भनेर केपी ओली समूहको निष्कर्ष छ र त्यसै अनुसारको अभिव्यक्ति र आक्रोस त्यो समूहबाट पार्टी भित्र, बाहिर, सर्वत्र प्रकट भै रहेको छ तर माधव नेपाल समुहले संसद मात्र होइन संविधान, लोकतन्त्र, व्यवस्था जोगाउन गतिलो काम गरियो भन्ने निष्कर्ष निकालेको छ ! 22 सांसदलाई स्पष्टीकरण, गद्दार घोषणा, पुत्ला दहन आदि इत्यादि त छँदैछ !

यी र यस्तै अन्य विषयमा कुरा नमिली केवल मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ! यसको मतलब, फेरि झगडा हुनेछ, खान पाइने छैन !

अरू गम्भीर सैद्धान्तिक कुरा त पछि गर्दै गरूला, खान पाउने कुराको अगाडि सैद्धान्तिक कुराको अर्थ पनि त छैन ?

(राई नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij