२०८३ साउन १४ बिहिबार

नेकपा विभाजनको राष्ट्रिय राजनीतिमा पर्ने असर र यसको अन्त्यको लागि गर्नुपर्ने कार्यहरू

ई आर्थिक    बुधबार, असार ९ २०७८
13K
Shares
नेकपा विभाजनको राष्ट्रिय राजनीतिमा पर्ने असर र यसको अन्त्यको लागि गर्नुपर्ने कार्यहरू

भिम आचार्य

यतिबेला नेकपा बिभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् ।

अहिले नेकपा एमाले भित्र घात/प्रतिघात, गुट उपगुट, बिस्वास–अविस्वास, कार्वाही/प्रतिकार्वाहि, समर्थन/बिरोध जस्ता कृयाकलाप हरू भैरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो । यस्को अन्त्यको निम्ति निम्न कार्य गर्न आवश्यक छ।

(१) पार्टी को नवौं राष्ट्रिय महाधिवेशन ले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृया बाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्बभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु भ्वाइड घोषणा गर्नु पर्दछ ।

(३) पार्टी भित्रका गुटहरुको टकरावका कारण यस बिच भयका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।

(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

(५) पार्टी लाई बिधि/बिधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नु पर्दछ ।

(६) नेतृत्व ले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।

(आचार्य नेकपा एमाले केन्द्रीय कमिटीका सचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij