२०८३ भाद्र २८ आइतबार

नीति तथा कार्यक्रमको स्पिरिट र वजेट विचको नमिलेको तादत्म्यता

ई आर्थिक    शुक्रबार, असार ४ २०७८
10.1K
Shares
नीति तथा कार्यक्रमको स्पिरिट र वजेट विचको नमिलेको तादत्म्यता

विष्णु राज बराल

नीति तथा कार्यक्रमको स्पिरिट र वजेट विचको तादत्म्यता मिलेन जस्तो देखियो। कमसेकम दुबिधा नरहेका कार्यक्रम जस्तै स्थानिय केन्द्र जोड्ने सडक, संक्रमक तथा सरुवा रोग अस्पताल, गण्डकी बिश्वबिद्यलय, क्रिकेट मैदान आदिमा त अक नै अपेक्षा गरेको अक पाईएन ।

केहिमा यस्तो परिकल्पना सहितको तयारी थियो ।

१. प्रादेशिक, रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा प्रकाशित विभिन्न विषय क्षेत्रगत पुस्तक, पांडुलिपि, पत्रिका, म्यागजिन, ध्वनी तथा संगीत, नक्शा, भिडियो, प्रिन्ट, रेखाचित्र आदिको प्रिन्ट र डिजिटल दुवै कपि रहने प्रादेशिक पुस्तकालयको रुपमा “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र संचालन गरिनेछ। स्थानिय तहसंगको सहकार्यमा प्रदेशमा स्थापना भएका सामुदायिक पुस्तकालयहरुलाई गण्डकी प्रदेश पुस्तकालय अन्तर्गत संजलिकरण गरि व्यवस्थित गर्दै लगिनेछ। यो आयोजनाको लागि १० करोड जतिको भौतिक पुर्वाधार लाग्ने अनुमान छ । यो बहुबर्शिय आयोजना हुनुपर्छ ।

२. प्रदेशको पहिचान र चिनारी झल्कने कोशेलीहरुको प्रदर्शनी तथा बिक्रि वितरणलाई प्रवर्दन गर्न पोखरा लेक साईड वरपर वातावरण मैत्री “गण्डकी कोशेली घर” निर्माणको लागि सम्भाब्यता अध्ययन गरि निर्माण प्रारम्भ गरिनेछ । -बहुवर्षीय आयोजना अधिकतम १० करोड । यो पनि बहुबर्षिय आयोजना हुनुपर्छ ।

३. स्थानिय कृषि उत्पादन तथा वस्तुहरुलाई स्थानिय उपभोक्ता तथा वजारसम्म पुरयाई स्थानिय आय आर्जन वृद्धि गर्न स्थानिय तहसंगको सहकार्यमा “कृषि एम्बुलेन्स सेवा” संचालन गरिनेछ। यस्तो राम्रो कार्यक्रममा अक देख्न पाए राम्रो हुन्थ्यो।

४. व्यवसायिकरणको उच्च सम्भावना भएका स्थानिय तहको मुख्य १ कृषि उपज तथा वस्तु पहिचान गरि उत्पादन, वजारीकरण तथा व्यवसायिकरणको लागि आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग गरिनेछ। यस्मा पनि अक आएन।

नदि भ्याली विकास सम्वन्धी नीति योजनामा आएको नया सोच राम्रो छ । योजनवद्ध रूपमा लैजानु उपयुक्त हुन्छ, कुन कुन नदि भ्याली विकास गर्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij