ई–आर्थिक, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।
बैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६/७७ अर्थात् २३ औ वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस शेयर पारित पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यहि पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।