करोडौं लगानी गरेर माहाहिमालय कृषि तथा जडिबुटी कम्पनी सञ्चालन गर्दै
यज्ञ कार्की, संखुवासभा : संखुवासभा मादी नगरपालिका–२ मंगलबारे बजार नजिक जहाँ चराचुरुङ्गीको चिरबिर आवाज मकालु, कन्चनजंघा र कुम्भकर्ण हिमालको मनमोहक दृश्य अनि भरखरै पलाएको आलुको लोभलाग्दा हरियो मुनाले कसको मन नछोला ? यही मनै लोभ्याउने दृश्यसँगै स्वर्गजस्तो ठाउँमा युवा उद्यमी इन्द्र कार्कीले करोडौं रूपैयाँ लगानी गरेर माहाहिमालय कृषि तथा जडिबुटी कम्पनी सञ्चालनमा ल्याएका छन् ।
आफूसँगै पढेका साथीहरू अहिले जापान, अष्ट्रेलिया, अमेरिका, कोरियाको कमाइमा रमाइरहेका छन् । तर उनी भने आफ्नै ठाउँमा ‘आफ्नो ठाउँ आफैं बनाउ, आजलाई होइन भोलिका पुस्तालाई’ भन्ने उद्देश्यका साथ कृषि उद्यममा रमाएका छन् ।
काठमाडौंबाट उच्च माध्यमिक तहको शिक्षा हासिल गरी २६ बर्षको उमेरमा बाँकी पढाइलाई थाती राखेर उनी यतिखेर कृषि तथा जडिबुटीको व्यवसायिक खेतीमा होमिएका हुन् । उद्यमी इन्द्र भन्छन्– ‘म स्वदेशको पनि आफ्नै ठाउँमा दर्जनौंलाई रोजगारी दिँदै कृषि उद्यममा व्यस्त छु ।’
उनले बाँझो र भिरालो जमिन खरिद गरी उक्त जमिनको क्षेत्रफल भने पाँच सय रोपनीमा फैल्याइसकेका छन्
उनले आफ्नै ठाउँमा दर्जनौंलाई प्रत्यक्ष रोजगारी मात्र दिएका छैनन्, उपयोगविहीन हुँदै गइरहेको बाँझो जमिन पनि उनले सदुपयोगमा ल्याएका छन् । जनशक्ति विदेश पलायन भएपछि अधिकांश जमिन बाँझो छ । त्यो बाँझो जमिनमा पहिले बाउ बाजेले गाईवस्तु चराएर सदुपयोगमा ल्याएँ अहिले उनले जडिबुटीको खेती गरेर उपयोग गरिरहेका छन् । जुन आफैंमा नमुनायोग्य छ ।
-
माहाहिमालय कम्पनीले विशेष गरी आलु, मकै, बन्दागोभीलगायतको सागसब्जी तथा विभिन्न जातका जडिबुटी उत्पादन गर्छ । यहाँबाट चिराइतो, सतुवा, टिमुर लोठसल्ला अर्गेली आदि जडिबुटी उत्पादन हुन्छ
उनले बाँझो र भिरालो जमिन खरिद गरी उक्त जमिनको क्षेत्रफल भने पाँच सय रोपनीमा फैल्याइसकेका छन् । भिरालो जमिन भएकाले यसलाई खनजोत गरी बिकसित मुलुक चाइना, जापान, इजरायल, कोरियाको सिको गर्दै आधुनिक तरिकाले कृषि प्राणली अनुसार ठूला–ठूला ड्याङ बनाएर खेती गर्दै आएका छन् । उनले खेती गर्दै आएको क्षेत्र बिशेषगरी यस क्षेत्र तिनजुरे, मिल्के, जलजले, कृषि तथा पर्यटन क्षेत्रको रुपमा परिचित छ । कम्पनी रहेको जमिन समथल सतहबाट २ हजार ६ सय मिटर उचाइँमा छ ।
माहाहिमालय कम्पनीले विशेष गरी आलु, मकै, बन्दागोभीलगायतको सागसब्जी तथा विभिन्न जातका जडिबुटी उत्पादन गर्छ । यहाँबाट चिराइतो, सतुवा, टिमुर लोठसल्ला अर्गेली आदि जडिबुटी उत्पादन हुन्छ ।
चराचुरुङ्गीको चिरबिर आवाज मकालु, कन्चनजंघा र कुम्भकर्ण हिमालको मनमोहक दृश्य अनि भरखरै पलाएको आलुको लोभलाग्दा हरियो मुनाले कसको मन नछोला ? यही मनै लोभ्याउने दृश्यसँगै स्वर्गजस्तो ठाउँमा युवा उद्यमी इन्द्र कार्कीले करोडौं रूपैयाँ लगानी गरेर माहाहिमालय कृषि तथा जडिबुटी कम्पनी सञ्चालनमा ल्याएका छन्
वर्षेनी लाखै रुपैयाँ आम्दानी गर्न सफल भएको कम्पनीका सञ्चालक इन्द्र बताउँछन । यस क्षेत्रमा उत्पादित आलु, मकै, बन्दागोभी छिमेकी देश भारत, भुटान, बंगलादेशमा निर्यात हुने गर्दछ ।

काठमाडौं, विराटनगर, घरान, इटहरी विर्तामोड, दमकजस्ता शहरमा वर्षेनी करोडौंको निर्यात भएता पनि बिभिन्न ठाउँबाट आएका बिचौलियाले गर्दा कृषकले भने जति मूल्य पाउँदैनन् ।
उच्च पहाडी क्षेत्र भएकाले यातायातको कठिनाइ छ । जसले गर्दा आफ्नो उत्पादन सोझै बजारमा लगेर बेच्न सम्भव नभएको उद्यमी कार्कीको भनाई छ ।

स्वास्थ्यविद्हरुले चिराइतो, लोठसल्ला, सतुवा भने अचुक औषधिको रुपमा ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने नसर्ने रोगहरुको अचूक औषधि ठानिन्छ । सतुवा र लोठसल्ला विश्वमै लोपोन्मुख वनस्पति ठानिन्छ । कम्पनीले यसको समेत संरक्षण गर्दै आएको छ । उक्त कम्पनीले वर्षेनी ३०० देखि ४०० क्विन्टल आलु उत्पादन गरिरहेको छ । आगामी दिनमा अझै बढी उत्पादन गर्ने लक्ष्य लिएको इन्द्रले बताए ।

आफूसँगै पढेका साथीहरू अहिले जापान, अष्ट्रेलिया, अमेरिका, कोरियाको कमाइमा रमाइरहेका छन् । तर उनी भने आफ्नै ठाउँमा ‘आफ्नो ठाउँ आफैं बनाउ, आजलाई होइन भोलिका पुस्तालाई’ भन्ने उद्देश्यका साथ कृषि उद्यममा रमाएका छन्
वन डिभिजनबाट थोरै मात्रमा अनुदान प्राप्त भए पनि स्थानीय निकायले बेवास्ता गरेको गुनासो इन्द्रको छ ।
युवा उद्यमी इन्द्र भन्छन्, ‘हामीजस्ता युवाहरु किन बिदेशी मुलुकमा गएर पसिना बगाउने ? आफ्नै देशमा केही गरौं । अहिले हजारौं हेक्टर जमिन बाँझोे छ हामी टोलाएर बसियो भने हामी परनिर्भर भएर बाच्नुपर्ने हुन्छ । बाँझो जमिनलाई सदुपयोग गर्दै स्वदेशी भूमिमा पसिना बगाउन इन्द्र सबैलाई आग्रह गर्छन् ।



