ई-आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यवसायिक चालु पूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । चैत १ गतेबाट लागू हुने गरी बैंकले प्रिमियम दर घटाएको हो ।
बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाइ २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।
बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको तथा निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको पनि जनाएको छ ।