सेयरको परिणाम देखाउने साइटहरु नखुले पछि लगानीकर्तालाई सेयर परे नपरेको बास्तविकता थाहा पाउन सकेनन्
ई–आर्थिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५ सय जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ ।
उक्त लघुवित्तको साधारण सेयरमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५ सय ९० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो ।
मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरिएको छ ।
सर्वसाधारणले मेरो सेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्न सक्नेछन् । तर उक्त सेयरको परिणाम देखाउने साइटहरु खुल्न छाडेपछि लगानीकर्ताहरुले आफूलाई सेयर परे नपरेको बास्तविकता थाहा पाउन सकिरहेको छैनन् ।