२०८३ भाद्र २९ सोमबार

ज्योति लाइफले साधारण शेयर निष्काशन गर्ने तयारी थाल्यो, ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

ई आर्थिक    सोमबार, फाल्गुन १० २०७७
4.6K
Shares
ज्योति लाइफले साधारण शेयर निष्काशन गर्ने तयारी थाल्यो, ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

ई–आर्थिक, काठमाडौं । ज्योति लाइफ इन्सुरेन्स कम्पनीले साधारण शेयर बिक्रीको लागी तयारी थालेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले साधारण सेयर निष्काशनको तयारी थालेको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो ।

कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने जानकारी दिएको छ ।

यो निष्काशनका लागि धरै लगानीकर्ताले प्रतिक्षा गरिरहेका छन् । प्रतिफलयुक्त उक्त सेयर भएकाले यो सेयरमा ठूलो संख्यामा आवेदन पर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij