२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

ई आर्थिक    आइतबार, माघ १८ २०७७
6.1K
Shares
महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित ‘यानमारा हिमाल’ भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउद याम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्याय ज्यूले माउन्ट केटू आरोहण समूहलाई रु.पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताउनुभयो । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij