ई–आर्थिक, काठमाडौं । युनाईटेड फाइनान्स कम्पनीले आफ्नो २६औँ वार्षिक साधारण सम्पन्न गरेको छ । फाइनान्सको सभाकक्ष दरवारमार्ग काठमाडौँमा जुम मार्फत भिडियो कन्फरेन्सद्वारा साधारणसभा सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त साधारणसभामा संस्थाको चुक्तापुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी शेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिति रहेको फाइनान्सको भनाई छ ।
साधारणसभाले आब २०७६/७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको आव २०७६/७७ को वार्षिक वित्तिय विवरणहरु पारित भएको छ ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार चौधरीले जुममार्फत नै अध्यक्षता गरेको कार्यक्रममा सञ्चालकहरु विष्णुकुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, केआर बिजिमोन, रोशन अधिकारी, मतिप्रभा पाण्डेका साथै प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरु, लेखापरीक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायको उपस्थिति रहेको फाइनान्सले जानकारी दिएको छ ।
युनाइटेड फाइनान्स नेपालका लब्ध प्रतिष्ठित् व्यक्ति तथा व्यापारिक घरानाहरुद्वारा प्रर्बद्धित राष्ट्रियस्तरको वित्तीय संस्था हो । जसको कारोवार सञ्चालन बि.सं.२०५१ सालबाट सुरु भएको थियो ।
फाइनान्सको अधिकृत पूँजी रु. १०५ करोड, जारी पूँजी रु. १०४.०८ करोड र चुक्ता पूँजी रु. १०४.०८ करोड रहेको छ ।
मूख्य कार्यालय काठमाडौंको दरवारमार्गमा रहेको यो फाइनान्सले देशभरका विभिन्न स्थानमा २२ वटा शाखा स्थापना गरी आफ्ना ग्राहकलाई आधुनिक र सरल सेवा प्रदान गर्दै आएको छ ।
यो फाइनान्स भारतको मुथूट फाइनान्ससंग नेपालको बैंकिंग क्षेत्रमा पहिलो संयुक्त लगानीको फाइनान्स कम्पनी पनि हो । मुथुट फाइनान्स लिमिटेड सुन कर्जा प्रवाह गर्ने तथा अन्य खुद्रा बैंकिंग सेवा प्रदान गर्ने भारतको सबै भन्दा ठुलो गैरबैंकिंग वित्तीय संस्था हो ।
युनाईटेड फाइनान्स नेपालको वित्तीय क्षेत्रमा एउटा अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित त । यो फाइनान्सले विभिन्न क्षेत्रमा संलग्न ग्राहकहरुलाई सबै प्रकारका वित्तीय सुविधाहरु प्रदान गर्दै स्वस्थ व्यवसायिक बृद्धि तथा नाफामा निरन्तरता दिंदै आएको छ । यो संस्था उच्च तहको नैतिक मूल्य, व्यावसायीक इमान्दारिता, संस्थागत सुशासन तथा नियामयिक अनुपालन गर्न समर्पित रहेको छ । यसर्थ युनाईटेड फाइनान्स लिमिटेड नेपालको बैंकिंग क्षेत्रमा एक सबल एवम् सक्षम वित्तीय संस्थाको रुपमा स्थापित भएको छ ।
फाइनान्स आफ्ना ग्राहकहरुको चाहना तथा मनोकांक्षा अनुसार सबै प्रकारका बैंकिंग सेवा तथा सुविधाहरु प्रदान गर्न प्रतिबद्ध छ साथै सेवाको स्तर निरन्तर रुपमा समयानुसार सुधार गर्दै लैजाने प्रतिबद्ध रहेको फाइनान्सले जनाएको छ ।