२०८३ साउन ९ शनिबार

ठूलो संख्यामा सुब्बामा जागिर खुल्यो, ८४३ जना मध्ये ४११ खुल्लाबाट र ४३२ जना बढुवाबाट पदपूर्ति हुने

ई आर्थिक    बुधबार, पौस २९ २०७७
6.2K
Shares
ठूलो संख्यामा सुब्बामा जागिर खुल्यो, ८४३ जना मध्ये ४११ खुल्लाबाट र ४३२ जना बढुवाबाट पदपूर्ति हुने

ई–आर्थिक, काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बाको लागि ठूलो संख्यामा जागिर खुलाएको छ । ८४३ जनाका लागि विज्ञापन खुलाएको आयोगले खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको छ । नासु अप्राविधिक भएको आयोगको विज्ञापनमा उल्लेख छ ।

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको आयोगले जानकारी दिएको छ । आयोगले धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ ।

त्यस्तै जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने विज्ञापनमा उल्लेख छ ।

त्यसैगरी पोखरा कार्यालयबाट पनि खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगको भनाई छ ।

आयोगका अनुसार बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने भएको छ ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

त्यस्तै दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगको विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij