२०८३ साउन ११ सोमबार

रसुवागढी जलविद्युत्को काम जारी

ई आर्थिक    सोमबार, मंसिर १ २०७७
3.6K
Shares
रसुवागढी जलविद्युत्को काम जारी

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ। विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो। एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ , विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए। आयोजनाको निर्माणस्थलमा २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत छन्। कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार भने ल्याउन नसकेको बताइन्छ। सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन। सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित भएको आयोजनाका प्राविधिकले जनाएका छन्।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत्गृहको पानी बाहिर पठाउने ० ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ। रु १३ अर्ब ६४ करोडका लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो। आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij