२०८३ भाद्र २९ सोमबार

जीवन बीमक संघमा नयाँ कार्यसमिति, मेटलाइफका निर्मलकाजी श्रेष्ठ अध्यक्षमा चयन

ई आर्थिक    शनिबार, कार्तिक २९ २०७७
17K
Shares
जीवन बीमक संघमा नयाँ कार्यसमिति, मेटलाइफका निर्मलकाजी श्रेष्ठ अध्यक्षमा चयन

ई–आर्थिक, काठमाडौं : नेपालका जीवन बीमा कम्पनीहरुको छाता संस्था जीवन बीमक संघ नेपालमा मेटलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको निर्मल काजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

यसअघि उपाध्यक्ष रहेका श्रेष्ठलाई संघको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले नयाँ कार्यसमितिको अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा सिटिजन लाईफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल निर्वाचित भएका छन् । पौडेल यसअघि भने जिवन बिमक संघको महासचिव रहेका थिए ।

त्यसैगरी महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल चयन भएका छन् भने
कोषाध्यक्षमा रिलायन्स लाइफ इन्स्योरेन्सका सिईओ प्रविनरमण पराजुली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रसाशक कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई चयन भएको संघले जानकारी दिएको छ ।

संघको सो प्रथम साधारणसभामा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij