२०८३ साउन ११ सोमबार

आइएमईद्वारा कल्याणकारी भरोसा कोष स्थापना, विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग पु¥याउने उद्देश्य

ई आर्थिक    मंगलबार, असोज २७ २०७७
10.5K
Shares
आइएमईद्वारा कल्याणकारी भरोसा कोष स्थापना, विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग पु¥याउने उद्देश्य

ई–आर्थिक, काठमाडौं । आईएमई लिमिटेडले कल्याणकारी ‘भरोशा कोष’ स्थापना गरेको छ । कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका आफन्तलाई यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ आईएमईले ‘भरोसा कोष’ स्थापना गरेको जानकारी दिएको छ ।

कोषमा २०७६ पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सबै प्रदेशस्थित प्रादेशिक कार्यालयमा यही कात्तिक मसान्तसम्म आवेदन दिनुपर्ने छ । यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने ग्रुपले जानकारी दिएको हो । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेबसाइटहरू मार्फत सोमबार एक आह्वान पत्र जारी गर्दै उक्त जानकारी दिएको छ ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ ।’ आईएमईले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ ।’

संस्थागत सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण योगदान पु¥याइरहेको आईएमई विगत दुई दशक देखि रेमिटान्स सेवा पु¥याउँदै आएको छ । आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

देशमा सञ्चालित रेमिटान्स कम्पनीमा यो नम्बर १ रेमिटान्स कम्पनीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij