२०८३ साउन ९ शनिबार

सहकारीको २५ वर्षे रणनीति : उद्यमशीलता र रोजगारीमा छलाङ

ई आर्थिक    बिहिबार, असोज २२ २०७७
8.1K
Shares
सहकारीको २५ वर्षे रणनीति : उद्यमशीलता र रोजगारीमा छलाङ

काठमाडौं : उद्यमशीलता र रोजगारी सिर्जनामा सहकारीको प्रयोग बढाइने भएको छ। सहकारीको क्षमता विकास गर्दै अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्देश्यले सरकारले सहकारीमार्फत उद्यम र रौजगारीका कार्यक्रम अघि सार्ने भएको हो।

सहकारी विकास बोर्डले सहकारीको २५ वर्षे रणनीति बनाएर भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई हस्तान्तरण गरेको छ।‘अब सहकारीलाई उद्यमशीलता रोजगारीमा लगाउने छौं’, मन्त्री अर्यालले भनिन्।

देशभर करिब ३५ हजार सहकारी छन्। तर अहिले सहकारीमार्फत उद्यमशीलता र रोजगारी सिर्जना हुन सकेको छैन। धेरै सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्दै आएकाले कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढ्न सकेको छैन।

सरकारले पन्ध्रौं योजनमा (आधारपत्र) मा गरिबी निवारण र रोजगारी सिर्जना गर्नमा प्राथमिकता दिइएको छ। आधारपत्रमा आगामी २० वर्षमा देशको आर्थिक वृद्धि स्थिर मूल्यमा १०.५ प्रतिशतले रहने उल्लेख गरिएको छ। मन्त्री अर्यालले रणनीति पूरा गर्न कार्ययोजना बनाएर अघि बढ्ने बताइन्।

‘सहकारी क्षेत्रले आउँदो ५, १०, १५, २० र २५ वर्षमा प्राप्त गर्न सक्ने उपलब्धि र त्यसबाट नेपालको अर्थतन्त्रका विविध क्षेत्रहरूमा हुने योगदानलाई वस्तुपरक रूपमा प्रक्षेपण गरिएको छ’, उनले भनिन्,‘रणनीति पूरा गर्न ठोस कार्ययोजना बनाएर अघि बढ्नै छौं।’

सहकारीले कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत योगदान दिइरहेको छ। आगामी २५ वर्षमा कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान १५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको मन्त्री अर्यालले बताइन्। आर्थिक वृद्धि आर्थिक रूपले सक्रिय (१५ वर्ष माथि) जनसंख्याको हाल करिब ३१ प्रतिशत सहकारीका सदस्य छन्। आगामी २५ वर्षभित्र ७५ प्रतिशतमा पुर्‍याउने रणनीतिमा उल्लेख गरिएको छ।

हाल रहेका सहकारीको संख्यालाई आगामी २५ वर्षमा मर्ज गरेर दुई तिहाइले घटाउने सरकारको योजना छ। करिब १५ हजारको संख्या कायम गर्ने र गुणात्मक बनाउने रणनीतिमा समेटिएको छ।

आगामी २५ वर्षमा कुल गार्हस्थ्य मूल्य अभिवृद्धिमा कृषि सहकारीको ५.९२ प्रतिशत, गैरकृषिको ५.४१ प्रतिशत, सेवा सम्बन्धी सहकारीको ३.२२ प्रतिशत र बचत तथा ऋण सहकारीको ०.४५ प्रतिशतको योगदान रहने दावी गएिको छ।

अर्थतन्त्रमा योगदान पुर्‍याउनको लागि आगामी ५ वर्ष (सन् २०२५ को अन्त्यसम्ममा) यो करिब ३ खर्ब शेयर पुँजी पुग्ने बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए। आगामी १० मा ४.२० खर्ब, १५ वर्षमा ६.८० खर्ब, २० वर्षमा १०.९५ खर्ब र २५ वर्षमा वर्षमा १७.७० खर्ब पुग्ने आँकलन गरिएको छ। जुन तत्कालिक कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब ४.९६ प्रतिशत, ५.१९ प्रतिशत, ५.३३ र ५.४२ प्रतिशत हुन आउँछ।

रणनीतिक लक्ष्य पूरा गर्न सहकारीले हालको ३.४५ खर्ब बचत परिचालन बढाएर आगामी ५ वर्षमा १०.४० खर्ब बनाउनुपर्छ। यो कुल गार्हस्थ्य उत्पादनको करिब १४.४० प्रतिशत हो। आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः रु. १६.७४ खर्ब, २४.४८ खर्ब, ३९.४३ खर्ब र ६३.४३ खर्व बचत हुने अनुमान बोर्डको छ। यो प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब १५.२९ प्रतिशत, १५.८३ प्रतिशत, १६.१६ प्रतिशत र १६.३६ प्रतिशत हुनेछ।

हाल रहेको रु.३.३२ खर्ब लगानी आगामी ५ वर्षमा ६.५३ खर्ब पुग्ने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपण कुल गार्हस्थ्य उत्पादनको करिब ११.४५ प्रतिशत हुन आउँछ। यसैगरी उक्त लगानी आगामी १० वर्षमा ११.४० खर्ब, १५, वर्षमा १९.४३ खर्ब, २० वर्षमा ३२.६५ खर्ब र २५ वर्षमा ५४.४४ खर्ब लगानी हुने सरकरको अनुमान छ।
आगामि ५ वर्षमा ७० लाख सहकारीका सदस्य पुग्ने उल्लेख गरिएको छ। आगामी २५ वर्षमा १ करोड ४० लाख सहकारीका सदस्य पुग्ने सरकारको अनुमान छ। बोर्डका सहअध्यक्ष पौडेलका अनुसार आगामी २५ वर्षमा मुलुकको ९० प्रतिशत घरधुरी कुनै न कुनै प्रकृतिको सहकारीमा आवद्ध हुनेछन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij