२०८३ साउन १० आइतबार

आई.एम.ई लाइफ इन्स्योरेन्सको सीईओमा फुयाल, आफ्नो अनुभव प्रयोग गरी कम्पनीलाई नयाँ आयम दिने प्रतिबद्धता

ई आर्थिक    मंगलबार, भाद्र ९ २०७७
18.4K
Shares
आई.एम.ई लाइफ इन्स्योरेन्सको सीईओमा फुयाल, आफ्नो अनुभव प्रयोग गरी कम्पनीलाई नयाँ आयम दिने प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कवि फुयाल नियुक्त भएका छन् । बैंकिङ्ग सेवाबाट आफ्नो क्यारियर सुरुवात गरेका फुयाल पछिल्लो समयमा बिभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकीय पदमा कार्यरत रही कार्य गरेको अनुभव छ ।

फुयालले कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै आफुसँग रहेको कार्य अनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने बताए । साथै उनले जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

कम्पनीलाई हालसम्म सहयोग पु¥याउनु हुने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गरिदिनुहुनका उनले अनुरोध पनि कम्पनी सचिव प्रकाश न्यौपानेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij