२०८३ साउन ९ शनिबार

वर्ष अगाडी, कृषि क्रान्ति पछाडि–पछाडि

ई आर्थिक    आइतबार, भाद्र ७ २०७७
34.7K
Shares
वर्ष अगाडी, कृषि क्रान्ति पछाडि–पछाडि

किसान नेता भीमदत्त पन्तले शुरु गरेको ‘कित जोत हलो, कित छोड थलो, होइन भने छैन भलो, जस्ता अभियानले पो सम्भावना देखाउँदथे । समृद्धि नेपाल, सुखी नेपालीको बिडम्बना त्यहाँबाट शुरु भयो जब खन्चुवा ‘म’ प्रवृतिका शासकको हातमा पर्यो यो बाँकी रहेको समृद्धिको अंश ।

समान्न्यतय क्रान्ति भन्नाले कुनै पनि पुरानो कुरालाई नयाँ कुराले विस्थापित गराउनु जनाउँछ । अर्थात, कुनै पनि समाजिक, राजनीतिक तथा राष्ट्रिय क्षेत्रमा यदि अनुकुल परिवर्तन आउछ भने त्यो अवस्थालाई नै क्रान्ति शब्दले पुकार्न सकिन्छ । बिशेषतया क्रान्ति शब्द राजनीतिक क्षेत्रमा बढी सुनिदै आएको शब्दावली हो । तापनि हामी नेपालमा बस्ने र हुर्किदै आएकालाई कृषि क्षेत्रमा पनि कुनै नौलो त लाग्दैन होला । हाम्रा मासुम यी आखाँ र कानले कृषि प्रधान देश, नेपाल र कृषि क्रान्ति भन्ने कुरा कति हो कति सुन्दै र देख्दै आएका छन् ।

वि.स. १८६१ साल देखि २०६२/६३ सम्म आउँदा कृषि क्रान्तिले सुनौलो रुप फेरेको नै हो । अभियान थिए साना तर ति थिए समृद्धि र कार्यन्वयनमुखी त्यसैले पनि परिवर्तन र विकास सम्भब हुदै थियो ।

किसान नेता भीमदत्त पन्तले शुरु गरेको ‘कित जोत हलो, कित छोड थलो, होइन भने छैन भलो, जस्ता अभियानले पो सम्भावना देखाउँदथे । समृद्धि नेपाल, सुखी नेपालीको बिडम्बना त्यहाँबाट शुरु भयो जब खन्चुवा ‘म’ प्रवृतिका शासकको हातमा पर्यो यो बाँकी रहेको समृद्धिको अंश । यो केवाल एउटा झझल्को मात्र दिन खोजेको कि हामी कुन अभिभावकबाट हुर्कदैछौ, सिक्दैछौ  बस यो मेरो मात्र होइन लाखौ नेपाली युवा चिन्तकको मन मस्तिस्कमा आउने बिसाल आधिभेरिको माध्यम हो । हामी कुन अवस्थामा छौं र अब हामीले के गर्नुपर्ला त भन्ने कुरा आवश्यक छ ?

के र कसरि छ त संम्भावना ?

प्रमुख रुपमा कृषि कार्यको लागि चाहिने अतिआवश्यक चिज (Factor of production) भनेका जमिन, श्रम , पुजी र सङ्गठन हुन् । नेपालको भू–उपयोगको अवस्था हेर्ने हो भने खेति गरिएको जमिन २१ प्रतिशत, वनजंगल रहेको जमिन २९ प्रतिशत, झाडी रहेको जमिन १०.६ प्रतिशत, चरन खर्च रहेको जमिन १२ प्रतिशत, पानी रहेको जमिन २.६ प्रतिशत र अन्य जमिन १७.८ प्रतिशत रहेको छ ।

अब आफै मूल्याङ्कन गर्नुहोस नेपालको कृषि क्षत्रमा उपलब्ध श्रोतको जमिनको उपलब्धता मात्र होइन नेपाल हावापानीको दृष्टिकोणले पनि उत्कृष्ट अवस्थामा रहेको छ । नेपालको अचम्म र रोचोक पक्ष भन्नु पर्दा क्षेत्रफ़लले हेर्दा कुनै बिशाल मुलुकको एक सानो प्रान्त जस्तै लाग्ने तर बिबिधता अनि यहाँको हावापानीको अवस्था हेर्दा एकदम ठुलो मुलुकको भन्दा काम छैन । यहाँ उच्च हिमालको ठण्डा ठण्डा हावापानी देखि तराईको उष्ण प्रदेशीय हावापानी पाईन्छ । बर्षेनी रुपमा हेर्ने हो भने पोखरामा ३३४५ मि.मि. पनि पर्दछ, जो नेपालको सन्दर्भमा हेर्ने हो भने सबैभन्दा बढी पनि पर्ने ठाउँ हो । त्यसैगरी नेपालको सबै भन्दा काम पनि पर्ने ठाउँ मुस्ताङ जहाँ सरदर ३०० मि.मि. हुन्छ ।

यसरी नेपालको परिपेक्षमा हेर्ने हो भने बार्षिक औषत बर्षा १६०० मि.मि. हुन्छ । जुन कृषि कार्यको लागी पुग्ने मात्रा हो । नेपाली किसानले खेप्दै आएको एक ठुलो समस्याको रुपमा रहेको सिचाई पनि हो । सिचाईको अवस्था हेर्ने हो भने, यहाँ साना ठूला ६ हजार भन्दा बढी नदीनालाहरुबाट वर्षेनी १६ देखि २२५ अर्ब क्युबिक मिटर पानि बग्दछ र नेपालमा सम्पूर्ण कृषि भूमिकामा बाह्रौं महिना सिचाई गर्न केवल ३५ अर्ब क्युबिक मिटर पानि आवश्यक पर्दछ ।

तराई अन्न भण्डार, पहाडको फलफुल खेति र उच्चपहाड तथा हिमाली क्षेत्रको लागि पशुपालन, आखिर यो समीकरण भयो भने नेपालको कृषि क्रान्तिलाई कसले नै रोक्न सक्ला र ?

नेपालमा कृषि आन्दोलन पनि नभएका होइनन् । वि.सं. १८६१ सालमा गुठी फिर्ता किपट जग्गाको विवरण तयार गरी १८६२ सालमा ती जग्गा जफल गरिएको घोषणा गरेको संगै भएका आन्दोलन, वि.सं. २००७ सालमा किसान संघको स्थापना, २००९-१२ को शसक्त आन्दोलन, वि.सं. २०५२ साल फाल्गुन १ देखि सुरुवात भएको मावोबादी जनयुद्ध तथा सशस्त्र संघर्षमा किसानको बलिदान संगै हाल सम्म पनि निरन्तर आन्दोलन भेरहेको छन् । तर कार्यक्रम, योजना, नीति, नियम, परियोजना बिभिन्न बहस छलफल त भए तर बिडम्बना त्यसको उपलब्धि किसानको घर दैलोसम्म अझै पुग्न सकेको छैन, किन ? नेपालमा थुप्रै मै हुँ भन्ने क्रान्तिकारीहरुले पनि राज्यसत्ता सञ्चालन गरे । कृषिको सार्थक अभियानलाई साथ दिने ठाउँमा अहिले पनि उनीहरुकै नेतृत्व छ । तर पनि प्रश्नको उत्तर कसैसंग पनि छैन ?
सन् १९८० को समयतिर जाने हो भने नेपालले खाद्यन्न निर्यात गर्ने जानकारीमा आउँदा, आहिले साचिकै सोच्न बाध्य बनाएको छ ।

नेपालमा अहिले आयातको अवस्था हेर्ने हो भने काहाली लाग्दो अवस्था छ । वार्षिक करिब ३० अर्बको चामल, गुन्द्रुक करिब १ अर्बको, मासु जन्य पदार्थ करिब २.५ अर्बको, फलफुल तरकारी, मसला, तेल करिब ३० अर्ब रुपैयाँको बार्षिक कुल कृषि जन्य पदार्थको करिब ६० अर्ब भन्दा बढीको आयात भैरहेको तथ्यांकहरु सार्वजानिक भइरहेका छन् । हो यहाँ समस्या छ भन्ने कुरा सबैलाई थाहा भएकै अवस्थामा अबको बाटो के त ? भन्ने कुरा महत्वपूर्ण भएको छ ।

किसानको घर दैलोमा कृषि शिक्षा र कार्यक्रम पुग्न अति आवश्यक छ । विश्वको यस बदलिदो क्रमलाई हेर्ने हो भने अब कृषि क्षेत्रमा व्यवसायीकरण, आधुनिकीकरण, यन्त्रिकिकरण, औद्योकीकरण, बजारीकरण गराउन आवश्यक छ । नेपालमा कृषि क्रान्ति गर्नको लागि विद्यमान कृषि प्रणाली र संरचनालाई पुरै बदल्नुको विकल्प छैन ।

सबै परिप्रक्ष्यलाई नजरअन्दाज गर्दै नेपालको कृषि अभियानलाई आमुल परिवर्तन गर्न कार्यन्वयनमा ल्याउनुपर्ने क्रान्तिहरु निम्न प्रकार रहेका छन् :

–हरित क्रान्ति : नेपालमा उत्पादन गरिने प्रमुख खाद्यान्न बालीहरू धान, मकै, गहुँ, जौ, उवा, फापर, कोदो आदि खाद्यान्नको उत्पादनको लागि भौगोलिक वर्गीकरण गरी तराई तथा मधेस पहाड र उच्च पहाडमा गर्ने । कृषि क्रान्तिको लागि हरित क्रान्ति नगरी अन्य क्रान्ति सम्पन्न गर्न सकिँदैन ।

–जैविक क्रान्ति : नेपालमा शत्रु जीव व्यवस्थापनको लागि परम्परागत तरिकाहरू अवलम्बन गरिँदै आएका छन् । अझै पनि अधिकांश ठाउँमा जैविक खेती पद्धति नै अपनाएको पाइन्छ । खास गरी रासायनिक विषादीलाई न्यूनीकरण गर्दै स्थानीय साधन स्रोतको प्रयोग गरी जैविक पद्दतीबाट शत्रुजीवहरु व्यवस्थापन गरी दिगो कृषि विकास र जैविक कृषि क्रान्ति एकीकृत शत्रु जीव व्यवस्थापन प्रणाली अवलम्बन गर्नुलाई जनाउँदछ । कृषि क्रान्तिको लागि हरित क्रान्तिपछि दोस्रो स्थानमा जैविक क्रान्तिको स्थान आउँदछ ।

– श्वेत क्रान्ति : नेपालमा दूध उत्पादनको लागि उन्नत जातका गाई र भैँसी मध्य पहाडी लोक मार्ग तथा हुलाकी मार्ग र विभिन्न लोक मार्गका कोरिडोर केन्द्रित गर्नु पर्दछ । कृषि क्रान्तिको लागि जैविक क्रान्तिपछि तेस्रो स्थानमा श्वेत क्रान्तिको स्थान आउँदछ ।

–नील क्रान्ति : नेपालको तराई तथा उपत्यका क्षेत्रमा र नदी किनारमा पोखरी बनाई माछा उत्पादन गर्ने ।

–रजत क्रान्ति : नेपालको तराई र पहाडी क्षेत्रमा जहाँ यातायात सुविधा पुगेको ठाउँ लेयर्स कुखुरा, हाँस, टर्की, बट्टाई, लौकाट, इमु, शुतुर मुर्ग आदिको पालन गरी व्यापक रूपमा अण्डा उत्पादन गर्ने ।

–पीत क्रान्ति : नेपालको तराई, उपत्यका र पहाडको समथर टारहरूमा तोरी, सर्स्यू, रायो, तिल, आलस, बदाम, सूर्यमुखी, अँडेल, फिलिङ्गे आदि तेलहन बालीको खेती गर्ने ।

–खैरो क्रान्ति : पशुपालन गरेको स्थानमा गोठेमल र कम्पोष्ट मल एवं अन्य ठाउँमा हरियो मल र गड्यौंला मल उत्पादन गर्ने र तराई क्षेत्रमा रासायनिक मल कारखाना खोली मल उत्पादन गर्ने ।

–सुनौलो क्रान्ति : नेपालको विभिन्न भौगोलिक हावापानी अनुसार तराई देखि उच्च पहाड सम्म केरा, मेवा, आँप, कटहर, भुँइकटहर, लिची, ड्राइगन फ्रुट, स्ट्रबेरी, अनार, अङ्गुर, आरु, आरुवखडा, सुन्तलाजात (सुन्तला, कागती, जुनार, ज्यामिर, चाक्सी, भोगटे) नासपाती, स्याउ, किवी, तर भुजा, खरबुजा आदि फलफूल उत्पादन गर्ने ।

–रक्त क्रान्ति : नेपालको मध्य पहाडी लोक मार्गमा बाख्रा पालन र तराई र उपत्यकाहरूमा पाडापालन, बङ्गुर पालन र ब्रोइलर कुखुरा पालन तथा गोलभेँडा खेती गरी मासु र गोलभेँडा उत्पादन गर्ने ।

–गोलो क्रान्ति : नेपालको सबै हावापानी सुहाउँदो आलुका जात अनुसार आलु खेती गर्ने ।

अहिले देशमा उपलब्ध भएको युवा जनशक्तिले अब को कृषि क्रान्तिमा एउटा अवसर प्रदान गर्ने कुरामा कुनै शंका छैन । यो अवसरलाई सदुपयोग गर्दै देशको बिभिन्न अरु समस्यालाई पनि हल गर्न अति आवश्यक छ ।

नेपालमा कृषि कै कारण समृद्धिको सम्भावना छ । नयाँ र सुदृढ सोच, प्रवृतिको विकास गर्ने हो भने कृषि क्रान्ति हामीबाट धेरै टाढाको कुरा नहुन सक्छ ।

(लेखक वन बिज्ञान विश्वबिद्यालय चितवनमा कृषि अध्यनरत बिद्यार्थी हुन ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij