२०८३ साउन ११ सोमबार

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता, ‘न्यानो नानी’ बेबी वार्मर बनाउन आवश्यक रकम प्रदान

ई आर्थिक    मंगलबार, साउन २७ २०७७
8.2K
Shares
ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता, ‘न्यानो नानी’ बेबी वार्मर बनाउन आवश्यक रकम प्रदान

ई-आर्थिक, काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्यका निम्ति सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत सहकार्य गर्ने घोषणा गरेको थियो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउनको लागि आवश्यक ८ लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्व लगानी गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij