२०८३ साउन १० आइतबार

भन्सार विभागले सुरु ग¥यो अनलाइन एक्जिम कोड, अनलाइनमार्फत घरबाटै नवीकरण गर्न सकिने

ई आर्थिक    बुधबार, साउन ७ २०७७
15.5K
Shares
भन्सार विभागले सुरु ग¥यो अनलाइन एक्जिम कोड, अनलाइनमार्फत घरबाटै नवीकरण गर्न सकिने

ई–आर्थिक, काठमाडौं । भन्सार विभागले स्वचालित निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रणालीको सुरुवात गरेको छ । अब अनलाइनमार्फत उक्त एक्जिम कोडको नवीकरण गर्न सकिने व्यवस्था विभागले सुरु गरेको छ । उक्त व्यवस्थाको विभागका महानिर्देशक सुमन दाहालले एक कार्यक्रमका बीच गरेका थिए ।

भन्सार विभागले निकासी/पैठारी संकेत नम्बर नवीकरण गर्दा भन्सार नियमावली, २०६४ को नियम ६६(घ) बमोजिम कर चुक्ताको प्रमाणपत्र र नवीकरण गरिने अवधिसम्म म्याद भएको तीन लाख रुपैयाँको बैंक जमानत पेश गर्नुपर्ने व्यवस्था रहेकोे थियो । त्यसैगरी नवीकरण गर्दा नवीकरण दस्तुर समेत बुझाउनुपर्छ । हालसम्म प्रयोग भईरहेको प्रणालीमा नवीकरण दस्तुर वुझाउने, बैंक जमानत तथा करचुक्ता प्रमाणपत्र पेश गर्ने कार्यको लागि भन्सार विभाग वा भन्सार कार्यालयहरुमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो । तर विभागले गरेको यो नयाँ व्यवस्थाले सेवाग्राहीलाई धेरै सजिलो हुने भएको छ ।

नवीकरणका लागि विभागले सेवाग्राहीलाई लगइन युजर आईडी र पासवर्ड उपलब्ध गराएको छ । त्यही युजर आईडी र पासवर्डले ३० हजार सेवाग्राहीलाई घरबाटै कोड लिन सक्ने व्यवस्था विभागले गरेको छ ।

विभागको वेबसाइटबाट समेत यसको व्यवस्था गरिएको छ । नवीकरणका लागि कनेक्ट आईपीएसबाट ई–पेमेन्ट गर्न सकिने व्यवस्था समेत विभागले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij