२०८३ साउन ९ शनिबार

प्रतिभा बहुउद्देश्यीय सहकारीको २१औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

ई आर्थिक    शनिबार, असार ६ २०७७
16.3K
Shares
प्रतिभा बहुउद्देश्यीय सहकारीको २१औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

ई–आर्थिक, ललितपुर । ललितपुरको थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१औ स्थापना दिवस मनाएको छ । २० औं बर्ष पुरा गरी २१औं बर्षमा प्रवेश गरेको यो संस्थाले आफ्नो २१औ स्थापना दिवस संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको कार्यक्रम आयोजना गरी मनाएको हो । सो रक्तदान कार्यक्रममा उल्लेख्य मात्रामा सदस्य, पदाधिकारी, कर्मचारी र स्थानीयले रक्तदान गरेका थिए ।

११ हजार सदस्यहरु रहेको उक्त संस्थामा ६५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाले आफ्ना सदस्यहरुलाई ललितपुरको थसिखेलमा रहेको आफ्नै सुविधा सम्पन्न भवनबाट छिटो, छरितो र अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

यो सहकारी नेपालको सहकारी अभियानकै अगुवा सहकारीकर्मीहरुले स्थापना गरेको संस्था हो । संस्थाका पदाधिकारी सहकारीका विभिन्न छाता संस्थाको महत्वपूर्ण पदहरुमा रहेर सहकारी अभियानलाई सक्रिय योगदान पु¥याउँदै आएका छन् ।

त्यस्तै सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आएको प्रतिभा सहकारी नेपालकै प्रतिष्ठित सहकारी मध्येमा पर्दछ ।

२१औं स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष माधव तिमिल्सिनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासमा संस्थाका  सदस्य, कर्मचारी, शुभचिन्तक तथा देशवासीलाई सुरक्षित रहन आव्हान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij