२०८३ साउन ११ सोमबार

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिएको पुष्टि

ई आर्थिक    बुधबार, असार ३ २०७७
7.1K
Shares
चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिएको पुष्टि

ई-आर्थिक, काठमाडौं। भारत र चीनको विवादित सीमा क्षेत्र लद्धाखमा सोमबार चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिएको पुष्टि भएको छ ।

मंगलबार अपरान्ह एकजना अधिकृत (कर्णेल) र दुई सिपाहीको मृत्युको पुष्टि गरेको भारतीय अधिकारीहरुले मंगलबार साँझ २० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

४५ वर्ष यता भारत र चिनियाँ सीमा क्षेत्रमा यति धेरै संख्यामा सेनाको मृत्यु भएको यो पहिलो घटना हो । सीमा क्षेत्रमा करीब एक महिनादेखि विवाद चल्दै आएको छ ।

चीनले क्षतिबारे केही जानकारी गराएको छैन् । यद्दपी उसले भारतीय सेना चिनियाँ भूमीमा आएको दाबी गरेको छ । भरतीय सञ्चार माध्यमले घटनामा चिनियाँ सेना पनि हताहत भएको बताएको छ तर यसको कुनै स्वतन्त्र पुष्टि भने हुनसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij