२०८३ साउन ११ सोमबार

सुर्या लाइफ इन्स्योरेन्सको कोरोना नियन्त्रण कोषमा सहयोग

ई आर्थिक    सोमबार, बैशाख १५ २०७७
7.1K
Shares
सुर्या लाइफ इन्स्योरेन्सको कोरोना नियन्त्रण कोषमा सहयोग

ई-आर्थिक, काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले महामारीलाई नियन्त्रण, जोखिम न्यूनिकरण तथा उपचारका लागि स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक तथा जिन्सी सहयोग गरेको छ ।

कम्पनीले यस महामारीबाट मुक्त हुन हातेमालो गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणका साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग पु-याउन कोषमा.७,५०,००० रुपैयाँ उपलब्ध गराएकोे जनाएको छ ।

कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा सरकारबाट भैइहेको प्रयासमा तोकिएको लकडाउन अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता प्रस्तुत गर्न पनि कम्पनीले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij