२०८३ साउन ११ सोमबार

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिद्वारा सुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

ई आर्थिक    बिहिबार, बैशाख ११ २०७७
5.9K
Shares
नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिद्वारा सुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

ई–आर्थिक, रामेछाप । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले सहयोग जारी राखेको छ । यसैक्रममा रामेछापका ८ वटै स्थानीय तहका लागि पठाइएको स्वास्थ्य सामाग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।

सम्पर्क समितिले पठाएको (पर्सनल प्रोटेक्शन इक्वीपमेन्ट (पीपीई) पिपिई र मास्क सुनापति गाउँपालिका हिलेदेवीमा पालिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।

सो सामाग्री नेपाली कांग्रेस रामेछापका उपसभापति जितेन्द्रकुमार मोक्तान, सम्पर्क समितिका सचिव सुकदेव खड्काले सुनापति गाँउपालिकामा कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि गाउँपालिका अध्यक्ष लामालाई हस्तान्तरण गरेका नेपाली काँग्रेस रामेछाप प्रदेश ‘ख’ का कोषाध्यक्ष राजेशकुमार श्रेष्ठ जानकारी दिए ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्तरणमा सुनापति गाउँपालिका नेपाली कांग्रेस बेथान ईकाई सभापति रमेश के.सी., सम्पर्क समिति सदस्य चेत बहादुर पाण्डे, युवा नेता दिपेन्द्र खड्का, सरस्वती राय हिलेदेवीका हस्त बहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सामाग्री लिँदै पालिका अध्यक्ष धावा लामाले सम्पर्क समितिको कार्यको प्रशंसा गर्दै अफ्ठेरो परेको बेला नै सहयोगी हातहरू चाहिने भएकाले आगामी दिनमा पनि रामेछाप(काठमाडौं सम्पर्क समितिबाट यस्ता पूण्य कामको निरन्तरताको कामना गरे ।

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले गत हप्ता रामेछापका ८ वटै स्थानीय तहका लागि स्वास्थ्य सामाग्री पठाएको थियो । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरूका लागि सोमबार काठमाडौंबाट ९० थान व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्शन इक्वीपमेन्ट–पीपीई) र ४ सय थान सर्जिकल मास्क पठाइएको सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले बताए ।

सभापति श्रेष्ठले भने– ‘विश्वभर फैलिँदै गएको कोरोना भाइरस नेपालमा पनि दिनहुँ बढ्ने क्रममा छ । त्यसकारण अहिले स्वास्थ्य चौकी तथा अस्पतालहरूमा पहिलो जोखिमकाबीच पनि अहोरात्र खटिरहनुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षार्थ सहयोग पुगोस भनेर सम्पर्क समितिको पहलमा रामेछापबाट काठमाडौंमा रहेर व्यवसाय गरिरहेका साथीहरू तथा सम्पर्क समितिका पदाधिकारीहरूको सहयोगमा उक्त सामाग्री पठाइएको हो । यस्तो बेला सहयोग सानो ठूलो भन्दा पनि अत्यावश्यक र प्राथमिकीकरणको आधारमा हामीले स्वास्थ्य सामाग्री पठाएको हौं । यसले कम्तिमा जोखिममा पनि बिरामीहरूको सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि सहयोग पुग्नेछ भन्ने हो ।’

मन्थली नगरपालिकामा पीपीई २० थान, माक्स ५० थान, रामेछाप नगरपालिकामा पीपीई १४ थान, सर्जिकल माक्स ५० थान, खाँडादेवी गाउँपालिकामा पीपीई ११ थान, सर्जिकल माक्स ५० थान र सुनापाती गाउँपालिकामा पीपीई ९ थान, सर्जिकल माक्स ५० थान पठाइएको श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि दोरम्बा गाउँपालिकाको लागि पीपीई ९ थान, सर्जिकल माक्स ५० थान, गोकुलगंगा गाउँपालिकामा पीपीई ९ थान, सर्जिकल माक्स ५० थान, लिखुतामाकोशी गाउँपालिकामा पीपीई ९ थान, सर्जिकल माक्स ५० थान र उमाकुण्ड गाउँपालिकाको लागि पनि पीपीई ९ थान, सर्जिकल माक्स ५० थान पठाइएको छ ।

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समिति एक महिना अघिमात्र पुनर्गठन तथा हस्तान्तरण भइ खाँडादेवी गाउँपालिका पकरबास निवासी राजनारायण श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij