२०८३ साउन १० आइतबार

भारतले वैशाख २१ गतेसम्म थप्यो लकडाउन

ई आर्थिक    मंगलबार, बैशाख २ २०७७
3.4K
Shares
भारतले वैशाख २१ गतेसम्म थप्यो लकडाउन

ई आर्थिक, काठमाण्डौ। भारतले वैशाख २१ अर्थात मे ३ गतेसम्मका लागि लकडाउनको समय अवधि थपेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई मंगलबार सम्बोधनको क्रममा लकडाउन अवधि बढाइएको घोषणा गरेका हुन्।

भारतमा २५ मार्चदेखि लागू भएको देशव्यापी लकडाउनको आज अन्तिम दिन रहेको थियो। प्रधानमन्त्री मोदीले देशवासीहरुको तपस्या र त्यागका कारण भारत कोरोनाको नोक्सानलाई काफी हदसम्म नियन्त्रण गर्न सफल भएको भन्दै सबैतिरको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ सम्म बढाउने फैसला गरेको बताए।

उनले राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने पनि बताए । तर कोरोनाभाइरसको संक्रमण देखा परे पुन बन्देज लगाइने बताए ।

करिब २५ मिनेटको सम्बोधनको क्रममा उनले लकडाउनको बेला कुनै श्रमिक वा कामदारलाई कामबाट नहटाउन, घरका वृद्धको विशेष हेरचाह गर्न, गरीब, विपन्न समुदायलाई सहयोग गर्न देशबासीलाई आग्रह गरे ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब दश हजार पुगेको छ । भाइरसबाट संक्रमित मृतकको संख्या ३२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij