ई आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।
कोरना सङ्क्रमण रोक्नका लागि सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेप्सेले यो निर्णय गरेको हो । नेप्सेले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षको सम्भावित सङ्क्रमण जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाएको छ ।
