२०८३ साउन १० आइतबार

नेपाल लाइफद्धारा कोरोना कोषमा एक करोडको चेक हस्तान्तरण

ई आर्थिक    मंगलबार, चैत्र २५ २०७६
6K
Shares
नेपाल लाइफद्धारा कोरोना कोषमा एक करोडको चेक हस्तान्तरण

ई आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोडको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसार सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघाई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गरेका हुन ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए ।

उनले सहयोग सँगै हामी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको पनि जनाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij