२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस व्यवस्थापनमा कहाँ चुक्यो सरकार र अव के गर्ने ?

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
12.5K
Shares
कोरोनाभाइरस व्यवस्थापनमा कहाँ चुक्यो सरकार र अव के गर्ने ?

समयमै सजगता अपनाएको भए नेपालले संभावित क्षति व्यहोर्नु पर्ने अवस्था आउदैनथ्यो

कोरोनाभाइरसका कारण यतिखेर विश्वलाई अस्तव्यस्त बनाइदिएको छ । अति विकसित र सम्पन्न मुलुकसमेत यसबाट बढी प्रभावित भइरहेका छन् । यो भाइरसका कारण दिनहुँ सयौंको ज्यान गइरहेको छ । त्यसैगरी विश्वभरबाट यसले ३१ हजारको हारहारीको ज्यान लिइसकेको छ । विश्वमा अहिले ७ लाखको हाराहारी संक्रमित रहेका छन् । विदेशमा दर्जनको हाराहारीमा यही भाइरसका कारण नेपालीले ज्यान गुमाइसकेका छन् । हालसम्म नेपालमा ५ जना संक्रमितको पुष्टि भइसकेको छ । यो तथ्यांक आगामी दिनमा अझ् बढ्ने देखिन्छ ।
कोरोना भाइरसको यो परिस्थिति नेपालमा आउनु अघि विश्वमा आइसकेको थियो । त्यस्तो परिस्थितिमा नेपालले समयमै केही चलख्याई गरेको भए नेपालले अहिले सुरक्षित महसुस गर्न पाउँथ्यो ।

कोरोना व्यवस्थापनमा कहाँ चुक्यो सरकार ?

१. छिमेकी मुलुक चीनमा शुरुआत भई युरोप हुँदै भारत आईपुग्दासम्म हामीलाई केही हुँदैन भनेर आवश्यक सजगता नअपनाउनु ।

२. रोगको परिक्षणका लागि स्वास्थ्यकर्मीका लागि अत्यावश्यक टेस्टीङ किड र व्यक्तिगत सुरक्षा सामाग्री पर्याप्त जोहो नगर्नु ।

३. नागरिक तहबाट लकडाउन गर्न ढिलाइले महामारी निम्त्याउँछ र रोगीहरु नेपाल प्रवेश गरिसके भन्दा उसैलाई गाली गर्नु वा अझै अनावश्यक आतंक मच्चाएको भन्दै आरोप लगाउनु ।

४. समयमै लगडाउन नगर्नु र रोग देखिएको देशबाट आएका यात्रुलाई व्यक्तिगत आईसोलेसनमा बस्न नभनेर स्वतन्त्र घुमफिर गर्न दिनु ।

५. प्राविधिक रुपमा उपयुक्त अनुपयुक्त मापदण्ड नवनाई जतासुकै आईसोेसन बनाउने सस्तो प्रचारवाजीमा लाग्नु ।

वर्तमान अवस्था

१. विदेशबाट आएका संक्रमित व्यक्तिको स्वतन्त्र हिडडुलले रोग महामारीको पुर्ववत अवस्थामा छ यस्तो अवस्थामा उनिहरुका सम्पर्कमा आएका व्यक्तिको स्वास्थ परिक्षण आवश्यक छ तर यतिबेला न उनिहरुको सम्पर्कमा आएका व्यक्तिको ट्रेस भएको छ ।

२ ट्रेस भएकाको स्वास्थ परिक्षण गर्ने सामग्री समेत छैन । अहिलेसम्म संवावित रोगी पहिचान नभएको र पहिचान भएका सबैको परिक्षण नभएकाले रोगि कम देखिएको हो । रोग भित्र भित्रै डडेलो सल्के जस्तै छ र एकैपटक वाहिर आउँदा महामारीको रुप लिन्छ ।

अब के गर्ने ?

१. तत्कालै रोग परिक्षणका लागि स्वास्थ्यकर्मीका लागि अत्यावश्यक टेस्टीङ किड र व्यक्तिगत सुरक्षा सामग्री पर्याप्त मात्रामा खरिद गर्ने ।

२. चैतपछि विदेशबाट आएका व्यक्ति र तिनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरि स्वास्थ परिक्षण गर्ने ।

३. रोग भित्र भित्रै डडेलो सल्लकन नदिन लगडाउनको अवधी वढाउने र गाउँमा समेत लगडाउन कार्यान्वयनलाई कढाई गर्ने नत्र यसले गाउँमा महामारीको रुप लिने संभावना छ ।

४. दैनिक ज्यालादारी गरेर खाने वर्गका लागि खाने वस्ने व्यवस्थाहुने गरी राहत घोषणा र कार्यान्वयन गर्ने ।

५. दीर्घरोगी, नियमित नियमित स्वास परिक्षण गराउनुपर्ने विरामी, आकस्मीक विरामी र डेलिभरी केसलाई सहजरूपमा अस्पताल आवागमनको व्यवस्था गर्ने ।

६. सरह वजारमा खाध्य सामग्री सहज उपलब्धताको लागि वजार संयन्त्रको उचित व्यवस्थापन गर्ने ।

७. जनचेतना मुलक कार्यक्रमको निरन्तरता दिने र अफवाह फैलाउने अनलाइन केही सयम सम्मको लागि वन्द गर्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij