कोरोना बिश्वब्यापी भईरहदा बिश्वलाई शासन गर्ने मथिंगलहरु रन्थनाएको हुनुपर्दछ
हामी मानव जाती बसोबास गर्दै आएको पृथ्वीको क्षेत्रफल ४.३६ बिलियन किलोमिटर रहेको छ । यो पृथ्वी सारा प्राणी तथा बनस्पतीको सामुहिक घर हो यसमा सबैको उत्तिकै हक लाग्दछ । तर मानव सभ्यताको बिकास संगसंगै सारा पृथ्वीको हकदार मानव जातीमात्र हो मानव जातीको अस्तित्वको लागि मात्र पृथ्वीका अन्य जिवजन्तु, बनस्पतीको उत्पत्ति भएको हो भन्ने मानसिकता मानव जातीमा रहेको देखिन्छ जस्तो दह्रो प्रमाण पृथ्वीमा मानव जातीको संख्या दिनानुदिन बृद्धि अनि अन्य प्राणी, बनस्पति तथा प्राकृतिक साधन र श्रोतको मात्रा घटदै जानु ।
मानव जातिको बृद्धि कसरी भईरहेछ भनेर बिगत २० बर्षका तथ्यांकनै प्रयाप्त छ जस्तै आजभन्दा २० बर्ष अगाडिको बिश्वको जनसंख्या ६.१२ अर्वको हाराहारीमा थियो भने आजको दिनमा उक्त संख्या ७अर्व ८० करोड पुगेको देखिन्छ । यस २० बर्षको समयाबधीमा लगभग २ अर्व ७२ करोड मानिस थपिदा कति बनजंगल मासिए होलान, कति प्रजातीका प्राणीहरु यो संसारबाट लोप भए होलान ।
मानव जातीको प्राण रक्षाको लाई अत्यावश्यक पर्ने तत्वहरुको मात्रा कति कम भइसक्यो होला त्यसको खोजी र संरक्षण नगरी मानव बिकास र समृद्धिको होडबाजीमा चन्द्रमा र मंगलग्रह तिर डुल्न निस्कियो । अनि सारा समस्याको समाधान हामीसंग छ भन्ने अहंकारका साथ कति टाढाको दूरीबाट धेरै भन्दा धेरै मान्छेलाई एकै चिहान बनाउन सक्ने बम बनाउने, क्षेप्यास्त्र निर्माण गर्ने होडबाजीमा लागेको बेला संसारका धेरै मानिस दोश्रो दर्जाको नारकिय जिवन बिताइरहेको छन् । अझ भनौ समृद्धिशाली राष्ट्रले बन्दुक देखाउदै त्रासमा जिवन ब्यतित गर्न बाध्य पारेका छने भने निरिह मानवलाई यो पृथ्वीको हिस्सेदार मान्न समेत तयार थिएनन् र छैनन ।
यसरी संसारका मूल्यवान मान्छेहरुले पृथ्वी हाम्रो लागि हो र हामीले चाहेमा मूल्यहिन मानवहरु पृथ्वीमा रहन पाउनछन र नत्र जुनसुकै बाहानामा (युद्ध,भोकमरी, रोगब्याधी, प्राकृतिक श्रोत र साधन दोहोन आदि कारण बनाएर) तिनीहरुलाई बिदा गर्न सक्ने संयन्त्र हामीसंग छ भन्ने घमण्डका साथै मानवलाई शासन गरिरहेकाछन् । शासन चलाउने क्रममा तिनीहरुले पृथ्वीलाई चिथोर्ने, कोपर्ने र छिया छिया हुने गरी साधन र श्रोतको दोहन गर्ने क्रममा कसैले धर्तिमूनिको तेल,कसैले कोइला,कसैले यूरेनियम, निकाल्दै ब्यपारको नाममा मूल्यहिन मानवलाई साधन र श्रोत बिहिन बनाउदै शासनलाई सरल र सहज बनाउदै लगे ।
पृथ्वीलाई भौगोलिक, सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक,जातिय हिसावले बिभक्त गरी बिज्ञान र प्रबिधिको बिकासको नाममा आणबिक हतियार जस्ता खतरानाक बस्तु निर्माण गरी निहत्था जनतामा डर माथि डर थोपरिरहे र बारम्बार हामीले मार्न नचाहेर मात्र तिमीहरु पृथ्वीमा बाच्न पाएका हौ भन्ने सन्देश प्रवाह गरीरहे । यती गर्दा पनि शासन गर्न अशहज भए मानवको रंङको आधारमा बिभक्त गरे, अझ मसिनो गरी मानवलाई एकजुट हुनबाट रोक्न नाकको उचाई, आखाको रङ, बोल्ने भाषा, खानापान का आधारमा बिभक्त गरे ।
हँदा–हुँदा एउटा मान्छेले छुएको अर्को मान्छेले खान नहुने सम्मको अवस्था सृजना गरेर संसारको थोरै मानवले धेरै मानवमाथि शासन गरिरहेको बर्तमान बिश्वमा शासित मानवको जीवन वास्तवमै हालको कोरोनाको कहर भन्दा कष्टकर र दयनिय छ भने शासक बर्गले संसारको समाधान पनि मै हु, पृथ्वी, खगोल, तीन त्रीलोक, चौध भुवन मेरै हो, बिज्ञान र प्रबिधिले पृथ्वीको गति रोक्न सक्छु, मेरो बिरुद्धमा सिन्को भाचे पनि सेटलाईटबाट हेर्छु र वेभ मार्फत भेदन गर्न सक्ने र अन्त्यमा पृथ्वीमा एटम बम पड्काएर चन्द्रलोकमा बसाई जाने सम्मको तयारीमा रहको शासक बर्ग स्वतः मानव शासित मानवको लागि प्रलय भईरहेको थियो ।
यसरी संसारका मानव २ बर्गमा बिभक्त भई एक प्रकारको मानवले भोग्ने जिन्दगी र अर्को दर्जाको मानवले भोग्ने जिन्दगी आकास जमिन फरक भईरहेको अबस्थामा संसारका सबै मानवलाई एकैचोटी समान रुपमा हल्लाउने “कोरोना भाइरस” फैलियो जुन ब्याक्टेरिया भन्दा सानो किरो न बमले उडाउन सकिरहेछ न त बन्दुकको नालले ताक्न सकिरहेछ । सुलेमानी, सद्दाम वा बिन लादेन दुरबिनले समेत त्यो किरो देखिरहेको छैन । न त ठूला ठूला राष्ट्रलाई एकैचोटी मरुभूमि र चिहानघारी बनाउने क्षेप्यास्त्रले भेदन गर्न सकिरहेछ, न बर्लिन र ग्रेटवालले छेक्न सकिरहेछ । यो किरो यती समावेशी र फराकिलो भएर आयो कि मानव निर्मित सिमारेखाहरु सबै तोडिएका छन् ।
शासक–शासित, सम्पन्न– बिपन्न कोही नछुट्ट्याइकन मानवले आबिस्कार गरेकै बिज्ञान प्रबिधिको प्रयोग गरेर एक देशबाट अर्को देश,एक महादेशबाट अर्को महादेश गर्दै संसार ढाकीसक्यो । शायद मानवले हवाईजहाजको बिकास नगरेको भए मानवले कस्ता कस्ता दूख भोग्थे होलान त्यो हवाइजहाजको बिकास हुनु भन्दा पहिलाका मानव जातीलाई थाहा होला तर हवाइजहाज नभएको भए आथ पक्कै पनि २/४ घण्टाको यात्रामा चिनको बुहानबाट ८६५९ किलोमिटर टाढा रहेको इटालीमा मानव जातीलाई सखाप गर्ने खालको कोरोना पुग्न सक्ने थिएन होला,अनि २/३ महिनाको अबधीमा संसार घुम्न सक्ने थिएन होला । त्यसैले भन्न सकिन्छ कि मानव जातीले बिकास गरेको बिकास र समृद्धिनै बिनासको कारण बन्दोरहेछ ।
संसार आफ्नो मूठ्ठीमा छ र यो निरन्तर मेरै मूठ्ठीमा हुुनुुपर्दछ भन्ने सोचका साथ बमगोला, बरुद, क्षेप्यास्त्रको भण्डार पछाडि लुकाएर खुल्ला अर्थतन्त्र, बिश्व ब्यपार संगठन, ग्लोवल भिलेज, बिश्व बैंक, बजार निर्देशित अर्थतन्त्र, मानव अधिकार आदि जस्ता खतरानाक औजारहरुले मूल्यहिन मानवहरुलाइ प्रहार गरिरहेकौ थियो र ति साधनले काम नगरेको खण्डमा बमगोला, बरुद, क्षेप्यास्त्रको प्रयोग गर्ने मौकाको खोजिमा रहेको महामानवको कार्यदिशा बदलिन सक्ने स्थिति आएको छ ।
किनकी संसार आफ्नो मूटठीमा लिएर बसेकाहरुलाई पनि कोरोना भाईरस कहाँ छ र कसरी नियन्त्रण गर्न सकिन्छ भन्न सकिरहेका छैनन । बरु कोरोनाले छोडेका मानव जातिमा शासन गर्ने आफ्नो लगाम खुस्केला कि भनेर चिन्तित भएको बुझ्न सकिन्छ । कोरोना बिश्वब्यापी भईरहदा बिश्वलाई शासन गर्ने मथिंगलहरु रन्थनाएको हुनुपर्दछ । यो भाइरस बिरुद्ध कुन अस्त्र प्रयोग गर्ने शासक द्विबिधामा छ र बिकाशोन्मूख एवं प्राकृतिक साधान र श्रोतमा पहुच नभएका निमुखा मूल्यहिन मानवको अगाडि उच्च मूल्य भएका मानवको समेत बजार भाउ खस्किएको हुनुपर्दछ ।
बमगोला, बारुद, बन्दुक र क्षेप्यास्त्र थन्क्याएर स्यानीटाइजरको खोजिमा भौतारिएको हुनुपर्दछ । मूल्यहिन मानवलाई त के छ र, कोरोनाले सबभन्दा पहिले उनिहरुकै चुलो निभाउला, त्यती न हो । ती मानवको चुलोमा संसारका शासकले सदियौँदेखि धावा बोलिरहेकैहुन । बढिमा मूल्यहिन मानवले गुमाउने एउटा ज्यान त हो जुन हिजो पनि गुमाईरहेका थिए आज पनि गुमाउने छन् । तर संसारलाई शासन गरीरहेको मानवको धर्ति समेत कम्पन गराउदै कोरोनाको कहर संसारभर फैलिएकोछ ।
मानौ, कोरोनालाई मानवले मानवलाई शासन गर्ने मानवको भिड मन परेको छैन । त्यसैले त मानव निर्मित असमानताको जंजिर तोड्दै दासताको जंजीर चुडाल्दै, साम्राज्यबादको ध्वजापताका उडाउदै अनि बिस्तारबादका पर्खालहरु ढाल्दै अगाडि बढिरहेको छ । यसले धार्मिक रेखाहरु निमिट्यान्न पार्ने र मानव बिचको जातिय बिभेद जस्ता कोराना भन्दा खतरानाक भाइरसको अस्तित्व समेत मेटाउन सक्ने संभावना देखिदैछ । कोरोनाको सन्देश बास्तवमै भयाबह छ र मानवले मानव माथि गरेको शासनको बिरुद्धमा, पृथ्वीको साधान र श्रोतको दोहनको बिरुद्धमा मानवले अपनाएको मानवता बिरोधी कार्यको बिरोधमा भए झै भान पारिरेहछ ।
कोरोनाको कहरले संसारलाई कस्तो अबस्थामा पु–याउने हो र मानव सभ्यताको कुन युग संभाउने हो हेरौ, प्रतिक्षा गरौ होशीयारी अपनाउदै मानवले मानवलाई गर्न सक्ने सहयोग गरौं ।