२०८३ भाद्र २९ सोमबार

बीमासम्बन्धी विशेष व्यवस्था

ई आर्थिक    मंगलबार, चैत्र ११ २०७६
5.6K
Shares
बीमासम्बन्धी विशेष व्यवस्था

ई आर्थिक, काठमाडौं। बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ ।

समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सचूना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गरिएको साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क सङ्कलन गर्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

यसैगरी जीवन बीमा कम्पनीतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था समेत गरिएको छ ।

बीमाको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको वर्तमान अवस्थामा सो अवधिका लाागि उक्त व्यवस्था गरिएको इजाजतपत्र प्राप्त सबै बीमा कम्पनी, बिमित, एवं सर्वसाधारणलाई एक सूचनामार्फत जानकारी गराउनुभएको हो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij