२०८३ साउन ११ सोमबार

सरकारी कर्मचारीलाई छैन छुट्टी, काममा नियमित आउनुपर्ने मन्त्रीपरिषद्को निर्णय

ई आर्थिक    सोमबार, चैत्र १० २०७६
3.5K
Shares
सरकारी कर्मचारीलाई छैन छुट्टी, काममा नियमित आउनुपर्ने मन्त्रीपरिषद्को निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारी कर्मचारीले छुट्टी नपाउने भएका छन् । सरकारले सरकारी कर्मचारीहरुलाई नियमित काममा आउनु पर्ने निर्णय गरेसँगै कर्मचारीले विदा पाउने नपाउने विषयको अन्यौलता समाप्त भएको छ । विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको जोखिम नेपालमा समेत बढ्दै गइरहेका बेला सरकारी कर्मचारीहरुले विदा पाउने पाउने नपाउने भन्ने कुरा अन्यौलत थियो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको छ ।

आइतबार मन्त्रिपरिषदले गरेको निर्णयहरुको जानकारी गराउँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु विदा नभएको बताए । उनले सरकारी कर्मचारीहरु नियमित काममा खटिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij