२०८३ साउन ११ सोमबार

पुनर्बीमा कम्पनीको सेयरमा लगानी गर्ने अवसर, सर्वसाधारणको लागि आजदेखि १ करोड ६० लाख कित्ता सेयर निष्काशन

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
4.8K
Shares
पुनर्बीमा कम्पनीको सेयरमा लगानी गर्ने अवसर, सर्वसाधारणको लागि आजदेखि १ करोड ६० लाख कित्ता सेयर निष्काशन

ई–आर्थिक, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आज मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशिन गरेको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य प्रतिकित्ता १०० का दरले कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीको सेयर रजिस्ट्रार एवं बिक्री प्रबन्धकको जिम्मा आरबीबी मर्चेन्ट बैंकिङले पाएको छ । सर्वसाधारणले चैत ४ देखि ७ सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । तोकिएको समयमा सर्वसाधारणलाई छुट्याएको सेयर बिक्री नभए आवेदन दिने म्याद चैत १८ सम्म हुने विक्री प्रवन्धकले जानकारी दिएको छ ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त रकम कम्पनीको जारी पुँजीको १६ प्रतिशत हो । यसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई र जारी सेयरको ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर मात्र सर्वसाधारणका लागि बाँडफाँट हुने भएको छ । लगानीकर्ताले प्रतिव्यक्ति न्यूनतम १० कित्ता (एक हजार रुपैयाँ) र बढीमा १० हजार कित्ता (१० लाख रुपैयाँ) को सेयर भर्न सक्नेछन् ।

पुनर्बिमा कम्पनीको आईपीओले क्रेडिट रेटिङ कम्पनी ९इक्रा नेपाल लिबाट ‘इक्रा एनपी आईपीओ ग्रेड २’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको अर्थ औषत आधारभन्दा माथि छ भन्ने हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ प्रदान गर्दछ । यसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिह्नले यो समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय यो कम्पनीको सेयरमा आवेदन फारम लिन सकिन्छ ।

सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७२ साल साउन १ गतेदेखि आफ्नो पुनर्बिमाको कारोबारको गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij