२०८३ साउन ११ सोमबार

कोरोना कहर : रोजगारको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

ई आर्थिक    शुक्रबार, फाल्गुन ३० २०७६
8.4K
Shares
कोरोना कहर : रोजगारको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

विद्यार्थीहरुलाई नो अब्जेस सर्टिफिकेट पनि अप्रिल ३० सम्म बन्द

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको कारण बैदेशिक रोजगार क्षेत्र अब पुरै बन्द हुने भएको छ । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि बन्द गरेसँगै यो क्षेत्र पुरै बन्द भएको हो । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट पनि नदिने निर्णय सरकारले गरेको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको थियोे ।
यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो ।

नेपाल कामदार जाने मुलुक कतार लगायतका मुलुकमा भने स्थानीय सरकारले नेपाली कामदारलाई रोक लगाइसकेको छ । त्यस्तै कुवेतले सबै उडानहरु रोकेपछि स्वतः अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् ।

श्रमका लागि नेपाली जाने मुलुकहरुमा समेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

१४ मार्च २०२० देखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस रोकथामका उपायस्वरुप पर्यटक भिसा नदिने र छिमेकी मुलुक भारतसँग जोडिएका सीमानाकाहरु सीमित गर्ने निर्णय पनि गरेको छ ।

यो महत्वपूर्ण निर्णयले नेपालीहरु थप त्रासमा परेका छन् । अहिले नेपालीहरु दीर्घकालिनका लागि खाद्यन्न ग्यास लगायतका अति आवश्यक सामाग्री जोहो गर्ने अभियानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij