२०८३ साउन ११ सोमबार

साताभर घटेको सेयर बजार बुधबार उकालो, नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडियो

ई आर्थिक    बुधबार, फाल्गुन २८ २०७६
3.8K
Shares
साताभर घटेको सेयर बजार बुधबार उकालो, नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडियो

काठमाडौं । अर्थमन्त्रीमा डा. युवराज खतिवडा पुनः दोहोरिपछि सेयर बजार घटबढ हुने क्रम जारी रहेको छ । गतसातादेखि घटेको सेयर बजार परिसुचक (नेप्से) बुधबार अप्रत्याशित रुपमा बढेको छ । यसदिन नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडिएको छ । मंगलबार ६ प्रतिशतले भन्दा बढीले घटेर समय अगावै बन्द भएको सेयर कारोबार बुधबार बजार खुल्ने वित्तिकै बढ्न सुरु गरे पनि पुनः घटेर १३५० अंकसम्ममा आएको थियो । तर पुनः बढ्न थालेको बजार १४२५ अंकसम्म पुग्यो ।

बजार विश्लेषकहरु नेप्से यति ठूलो अन्तरले बढ्नु वा घट्नुपर्ने कुनै कारण नभएको बताउँछन् । बजार ठूलो अन्तरले घट्नुमा कोरोनाको डर हुनसक्ने भए पनि यति ठूलो अन्तरले बजार बढ्नुमा कुनै कारण नभएको उनीहरुको दावी छ।

तर ब्रोकरहरुका अनुसार भने कहिलेकाही घट्ने लहर आउँदा बजार घटीरहने र बढ्ने लहर आउँदा बजार बढिरहने गरेको छ । बजार फराकिलो अन्तरले घट्दा राम्रा कम्पनीहरुको सेयर मूल्य पनि घट्ने र सस्तोमा ति कम्पनीको सेयर पाइने हुँदा अनुभवी लगानीकर्ताहरु बजार प्रबेश गरेका कारण पनि सेयर बजार फराकिलो अन्तरले बढेको ब्रोकरहरुको भनाई रहेको छ।

यस दिन १८० कम्पनीको २३ हजार २३७ पटकको कारोबारमा २ अर्ब २२ करोड १० लाख ८१ हजार रुपैयाँ बराबरको ५६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन साल्ट ट्रेडिङ्ग, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका कम्पनीहरुले सबैभन्दा बढी कमाएका छन्।

त्यस्तै यस दिन हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ ।

बुधबार व्यापार समूहको समुहगत परिसूचक सर्वाधिक .३ प्रतिशत घटेको छ। त्यसैगरी, निर्जीवन बीमाको ७.५, जीवन बीमाको ६.७ र होटलको ६.०७ प्रतिशत बढेको छ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी २३ करोड ६६ लाख रुपैयाँ बराबरको भएको छ। त्यसैगरी, एनआईसी एशिया, एनएमबि बैंक र हिमालयन डिष्टिलरीको कारोबार रकम १० करोड नाघेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij