ई–आर्थिक, काठमाडौं । मुखमा लगाउने मास्कमा कालोबजारी गर्नेले दुई लाख रुपैयाँका दरले जरिवाना तिरेका छन् । कोरोना भाइरसको आतंकसँगै बजारमा मास्क अभावमा कालो बजारी गर्ने दुई पसलेलाई सरकारले कारवाही गरेको हो । सरकारले कालोबजारी गर्ने दुई पसलेलाई कारवाही स्वरुप दुई–दुईलाख तिराएको हो । बजारमा मास्कको मूल्य आकासियपछि सरकारले गरेको अनुगमनमा ती दुई पसलेले कालोबजारी गरेपछि उनीहरुलाई कारवाही गरिएको हो ।
सरकारले अनुगमनका क्रममा दुई वटा पसलेले कालोबजारी गरेको फेला पारेको थियो । कारवाहीमा पर्नेमा राजधानीस्थ्ति वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टमाथि कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।
दुबैलाई आर्थिक जरिवानासमेत गरिएको हो । यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार जरिवाना गरिएको छ भने त्यस्तै महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार जरिवाना तिराइएको विभागले जानकारी दिएको छ ।