२०८३ साउन ११ सोमबार

मलेशियाको नयाँ प्रधानमन्त्रीमा यासिन मुहिद्दीन

ई आर्थिक    शनिबार, फाल्गुन १७ २०७६
13.1K
Shares
मलेशियाको नयाँ प्रधानमन्त्रीमा यासिन मुहिद्दीन

क्वालल्मपुर (एजेन्सी) । मलेशियाको नयाँ प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीन हुने भएका छन् । राजदरबार मलेशिया (ईस्ताना नेगरा)ले यासिनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको हो। राजदरबारले शनिबार बिहान यस्तो घोषणा गरेको मलेशियाको द स्टारले समाचार लेखेको छ ।

मुहिद्दिन यासीनले आगामी ८ मार्चमा प्रधानमन्त्रीको रूपमा शपथ लिने बताइएको छ। इस्ताना नेगराले शनिबारको जारी गरेको विज्ञप्ति अनुसार प्रब्युमी बेर्साटु पार्टी मलेशियालाई अन्य पार्टीहरुको पनि समर्थन रहेपछि मुहिद्दिन यासीनले बहुमत प्राप्त गर्ने बताएको छ ।

फेब्रुअरी २४ मा मलेशियाका पूर्वप्रधानमन्त्री डाक्टर मोहम्मद माथिरले राजिनामा दिएपछि मलेशियाले नयाँ प्रधानमन्त्री चयन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij