२०८३ असोज २ शुक्रबार

जुम्लामा अज्ञात रोगले भेडाहरु सोत्तर, एकैपटक मरे २० भेडा

ई आर्थिक    बुधबार, फाल्गुन १४ २०७६
12.1K
Shares
जुम्लामा अज्ञात रोगले भेडाहरु सोत्तर, एकैपटक मरे २० भेडा

ई–आर्थिक, जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए। ‘भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे’ कृषक अधिकारीले भने। अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ। नियन्त्रणमा कुनै पहल भएको छैन ।

‘जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके। अझ कति मर्ने हुन् । रोग फैलिएको छ’ उनले भने। बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन। शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ ।

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिए। उनले भने ‘औषधि दिएर पठाएका छौँ।’ शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ। अहिले एकजना मात्र कार्यरत रहेका छन् । उनले भने ‘एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ ।’

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिए । ‘पर्याप्त कर्मचारी छैनन्’, उनले भने ‘भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij