२०८३ साउन ९ शनिबार

नेपालको कृषि व्यवसायमा पनि आधुनिकता प्रयोग हुँदै, दाङमा मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिने

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०७६
5.5K
Shares
नेपालको कृषि व्यवसायमा पनि आधुनिकता प्रयोग हुँदै, दाङमा मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिने

ई–आर्थिक, तुलसीपुर । नेपालको कृषि व्यवसायमा पनि नेपालको कृषि व्यवसायमा पनि आधुनिकता प्रयोग हुने भएको छ । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको हो । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए ।

“हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ”, उनले भने, “यसले किसानलाई धेरै सहजता ल्याउँछ।”

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ । एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij