२०८३ साउन ११ सोमबार

एनसेलका मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार वितरण

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०७६
8.6K
Shares
एनसेलका मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार वितरण

ई–आर्थिक, काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार वितरण गरेको छ । एनसेलले आफ्ना ग्राहकहरुलाई ‘रिचार्जमा चमत्कार’ योजना ल्याएको थियो ।

उक्त योजनामा इलामकी गंगा माया राई र रुपन्देहीका टीका राम बलाल मगरले भाग्यशाली ग्राहक बन्दै जनही रु १० लाख जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना मंसिर १, २०७६ देखि तीन महिना संचालन गरेको थियो।

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै रु १० लाख जितेका हुन्। यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता रु २ लाखनगद र प्रत्येकमहिना रु १० लाखन गदजित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्य शाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही रु २ लाख पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही रु २ लाखजिते भने १२ औं हप्ताअन्तर्गत बाराका अरमान देवानले रु २ लाख जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या के।सीले बिहीबार एक कार्यक्रममा मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij